चिउरीको बिरुवा माग गर्ने सम्बन्धी सूचना ।

यस बेनीघाट रोराङ गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत चिउरी प्रवर्द्धन तथा संरक्षण अभियान सञ्चालन गर्नका लागि गाउँपालिकाभित्र चिउरी खेती विस्तार गर्न इच्छुक कृषक / कृषक समूह / कृषि सहकारी / बन उपभोक्ता समूह / सामुदायिक संस्थाहरूले यस सूचना प्रकाशन भएको मितिले ७ दिन (मितिः २०८३/०४/१४ गते) भित्र तपसिलका आवश्यक कागजातहरु सहित कृषि विकास शाखामा आवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

आवश्यक कागजातहरुः

१. माग निवेदन

२. नागरिकताको प्रतिलिपि

३. कृषक समूह / कृषि सहकारी / वन उपभोक्ता समूह/सामुदायिक संस्थाको हकमा माग गर्ने बैठक निर्णयको छाँयाप्रति


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 चिउरीको बिरुवा माग गर्ने सम्बन्धी सूचना । ८ साउन, २०८३ JPG