बेनीघाट रोराङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
विशाल टार, धादिङ
बागमती प्रदेश, नेपाल
नागरिक वडापत्र (Citizen Charter)
| क्र.सं. | सेवा सुविधाको विवरण | आवश्यक पर्ने कागजातहरु | जिम्मेवार अधिकारी र लाग्ने समय | लाग्ने दस्तुर |
|---|---|---|---|---|
| १ | पञ्जिकरण प्रमाणिकरण (जन्मदर्ता, विवाह दर्ता, बसाइसराई, सम्बन्ध विच्छेद, मृत्यु दर्ता) |
|
प्रमुख प्रशासकीय अधिकृत वा तोकिएको अन्य अधिकारी लाग्ने समयः १ दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| २ | नयाँ व्यवसाय दर्ता |
|
सम्बन्धित शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ३ दिन |
व्यवसायको किसिम तथा कुलपूँजीको आधारमा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ३ | व्यवसाय नविकरण |
|
सम्बन्धित शाखा प्रमुख, आर्थिक, प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन |
व्यवसायको किसिम तथा कुलपूँजीको आधारमा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ४ | निर्माण ब्यबसायी "घ" वर्गको इजाजत पत्र |
|
पूर्वाधार विकास शाखा, योजना तथा अनुगमन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ५ | सहकारी संस्था दर्ता |
|
सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ६ | गै.स.सं./समूह तथा समिति दर्ता |
|
सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: समूह दर्ताका लागि १ देखि ३ दिन, गै.स.सं. दर्ताका लागि १ देखि ७ दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ७ | भारी उपकरण सूचीकृत (एक्साभेटर, डोजर, लोडर, जेसिभि आदि) |
|
पूर्वाधार विकास शाखा, राजस्व शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ७ दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ८ | खानेपानी मुहान दर्ता |
|
सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| ९ | घर तथा भवनको नक्सा पास |
|
पूर्वाधार विकास शाखा प्रमुख, प्रशासकीय अधिकृत लाग्ने समय: १ महिना |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| १० | योजना सम्झौता |
|
योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि ३ दिन |
नि:शुल्क |
| ११ | योजनाको रकम भुक्तानी तथा फरफारक |
|
योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि १५ दिन |
नि:शुल्क |
| १२ | न्याय सम्पादन प्रक्रिया |
|
न्यायिक समिति, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: निवेदन दर्ता सोही दिन, घटनाको प्रकृति अनुसार न्याय सम्पादनको सुची जानकारी गराईने |
निःशुल्क |
| १३ | अपाङ्ग परिचय-पत्र |
|
सामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समयः १ देखि १५ दिन |
निःशुल्क |
| १४ | जेष्ठ नागरिक परिचय-पत्र |
|
सामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन |
निःशुल्क |
| १५ | विपद राहत सहयोग |
|
पूर्वाधार विकास शाखा, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: सोही दिन |
निःशुल्क |
| १६ | उपचार खर्च सिफारिस |
|
स्वास्थ्य शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समयः सोही दिन |
नि:शुल्क |
| १७ | विद्यालय सञ्चालन स्वीकृती वा कक्षा बृद्धि स्वीकृती |
|
शिक्षा, युवा तथा खेलकुद शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन (गाउँकार्यपालिकाको बैठक पश्चात) सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिनभित्र |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| १८ | विपन्न राहत उपचार रकम |
|
स्वास्थ्य शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ३ देखि ७ दिन |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
| १९ | अन्य स्थानीय आवश्यकता अनुसारका विभिन्न सिफारिस, ईजाजत एवम् प्रमाणित |
|
सम्बन्धित शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि ७ दिन, सर्जिमन मुचुल्काको हकमा बढीमा १५ दिन भित्र |
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम । |
माथि उल्लेखित सेवा सुविधा प्राप्त गर्न तपसिलका कार्य प्रक्रिया अपनाउनु पर्नेछः
- निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने, प्रमुख प्रशासकीय अधिकृतको तोकादेश, निवेदन दर्ता गर्ने, निवेदकले तोकिएको शुल्क बुझाउने, कानूनी जटिलता भएमा कानूनी परामर्श लिने,
- निवेदन दर्ता गरी निवेदकलाई प्रमाण-पत्र उपलब्ध गराउने र उपलब्ध गराइएको कागजातको कार्यालय प्रति अभिलेख सुरक्षित गरी राख्ने ।
नोटः-
- माथि उल्लिखित सेवा, सुविधा र सेवा शुल्क एवं राजश्वका सम्बन्धमा केहि गुनासो भएमा सूचना अधिकारी/गुनासो सुन्ने अधिकारी वा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समक्ष गुनासो गर्नु गराउनु हुन अनुरोध छ,
- उपरोक्तानुसार तोकिएको सेवा दस्तुर र अन्य सेवा सुविधाका सम्बन्धमा बेनीघाट रोराङ गाउँपालिकाको गाउँसभाबाट पारित निर्णय बमोजिम हुनेछ,
- यस नागरिक वडापत्रमा उल्लेखित दस्तुर सम्बन्धमा गाउँसभाले निर्णय गरे बमोजिम परिवर्तन हुन सक्नेछ ।
"कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिऔं ।"