बेनीघाट रोराङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय,विशालटार, धादिङ, बाागमती प्रदेश, नेपाल
“समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, सूशासन र पूर्वाधार”
१ उत्पादनमूलक, अन्तरनिर्भर र सुदृढ स्थानीय अर्थतन्त्र २ दिगो तथा योजनाबद्ध विकास ३ मानव विकास तथा गुणस्तरीय जीवन ४ सामाजिक न्याय, समावेशीकरण तथा समतामूलक विकास ५ विपद्, उत्थानशिलता तथा जलवायु परिवर्तन अनुकूलन ६ सूचना प्रविधिमा आधारित, गुणस्तरीय तथा जनमुखी सेवा ७ मानव संशाधन तथा स्थानीय सेवा व्यवस्थापन ८ समन्वय, साझेदारी र सहकार्य ९ समावेशीकरण, सुशासन तथा सदाचार १० नतिजामा आधारित विकास व्यवस्थापन तथा गुणस्तरीय सेवा
उत्पादन, रोजगारी, आय र आर्थिक विकासमा समतामूलक, गुणात्मक र दिगो वृद्धि गर्नु, सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको संरक्षण, विकास र प्रवद्र्धन गर्नु, स्वस्थ, शिक्षित, व्यावसायिक मानवस्रोतको विकास र सामाजिक न्यायको प्रत्याभूति गर्नु, बसोबास, बजार, अन्तरआवद्धता र भौतिक सुविधा सहज, व्यवस्थित र उत्थानशील बनाउनु, वन, वातावरण, जैविक विविधता र जलाधारका स्रोतको दिगो संरक्षण र प्रवद्र्धन गर्नु, विकास प्रक्रिया तथा उपलब्धीलाई जलवायु तथा विपद् उत्थानशील बनाउनु, र कोभिड १९ लगायतका महामारी र मानव सिर्जित विपद््बाट सामाजिक आर्थिक क्षेत्रलाई पुनःजागृत गराउनु र सेवा प्रवाह तथा विकास प्रक्रियालाई सहज, समावेशी, नतिजामूलक र जवाफदेही बनाउनु ।