समाचार
ह्वील चियर प्रदान गरिएको सम्बन्धमा ।
यस गाउँपालिकाबाट अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर प्रदान गरिएको छ । एक साता अघि गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने ह्वील चियर नाप लिएकोले सोमबार एक कार्यक्रमका बीच ह्वील चियर प्रदान गरिएको हो । ह्वील चियर हस्तान्त्रण गर्दै गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ज्यु ले यो गाउँपालिकाले प्रदान गरेको मायाँको चिनोको रुपमा ग्रहण गर्न आग्रह गर्नु भएको थियो । गाउँपालिका उपप्रमुख देवि प्रसाद सिलवाल ज्यु को सभापतित्वमा भएको उक्त ह्वील चियर हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यता, प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, वडा प्रमुख रोशनकुमार सिलवाल, राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाजका उपाध्यक्ष सुथम भट्टराई लगायतको आतिथ्यता रहेको थियो । यस कार्यक्रमबाट अपाङ्गता भएका १७ जना व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरिएको छ ।
ह्वील चियर पाउने १७ जना
१. धिरज रिजाल (बेनिघाट रोराङ १० हुँदिखोला)
२. विनिता उप्रेती (बेनिघाट रोराङ १० जयपुरी)
३. सुर्य मरहठ्ठा (बेनिघाट रोराङ १० डुक्राङ)
४. आशिष मल्ल ठकुरी (बेनिघाट रोराङ ९ चौकीटार)
५. झिनमायाँ पुरी (बेनिघाट रोराङ रैवाङ)
६. रमादेवि सिंखडा (बेनिघाट रोराङ १०
७. अनिल गुरुङ (बेनिघाट रोराङ २)
८. कर्णबहादुर आले मगर (बेनिघाट रोराङ ६ स्यादुल)
९. तममायाँ श्रेष्ठ (बेनिघाट रोराङ ८ चैलिङ)
१०. विष्णुमायाँ मगर (बेनिघाट रोराङ ६ स्यादुल)
११. टीका बहादुर श्रेष्ठ (बेनिघाट रोराङ ६ स्यादुल)
१२. कुमार गुरुङ (बेनिघाट रोराङ ८ बिदाङ)
१३. दलबहादुर सुनार ( बेनिघाट रोराङ ४ हर्कपुर)
१४. मेन बहादुर मगर (बेनिघाट रोराङ ३ तल्लो कात्राक)
१५. प्रेम बहादुर थिङ (बेनिघाट रोराङ २ चोतेस)
१६. जित बहादुर चेपाङ (बेनिघाट रोराङ २ जोगि डाँडा)
१७. दिम बहादुर श्रेष्ठ (बेनिघाट रोराङ )
आर्थिक वर्ष:
" समृद्ध बेनीघाट रोराङको आधार : कृषि, शिक्षा, स्वास्थ्य , उधोग र पूर्वाधार"
सन्देशमुलुक सामग्री सूचनाहरु
मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz