FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विज्ञापन प्रकाशन सम्बन्धी सूचना !!!

सूचना सूचना सूचना

मिति २०८२।०७।१२ गते प्रकाशित कृषि विकास कार्यक्रमका लागि आवेदन माग सम्बन्धी सूचनाको क.सं. ३, ६ र ७ मा रु. ३५००।- सेरेना मौरी, क्वीन गेट र स्ट्याण्ड सहितको प्रतिघार हुनुपर्नेमा अन्यथा भएको हुँदा सच्चाइएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

सूचना सूचना सूचना

मिति २०८२।०७।१२ गते प्रकाशित कृषि विकास कार्यक्रमका लागि आवेदन माग सम्बन्धी सूचनाको क.सं. ३, ६ र ७ मा रु. ३५००।- सेरेना मौरी, क्वीन गेट र स्ट्याण्ड सहितको प्रतिघार हुनुपर्नेमा अन्यथा भएको हुँदा सच्चाइएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

लेखा सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

कृषि विकास कार्यक्रमका लागि आवेदन आवेदन माग सम्बन्धी सूचना।

कार्यकारी निर्देशक पदको पाठ्यक्रम तोकिएको सम्बन्धमा सूचना ।

सूचना सूचना सूचना

प्रस्तुत विषयमा यस बेनीघाट रोराङ गाउँपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश सरकारबाट विनियोजित बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत यस बेनीघाट रोराङ गाउँपालिका भित्रका बाबुआमा दुवैको मृत्यु भएका १८ वर्ष पूरा नगरेका बालबालिकाको मासिक रुपमा भत्ता उपलब्ध गराउने कार्यक्रम भएकोले बालबालिका स्वयं वा बालबालिका संरक्षक (स्याहार सुसार गर्ने व्यक्तिले) यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजात सहित सम्बन्धित वडा कार्यालयमा आवेदन दिनुहुन अनुरोध छ।
तपसिलः-
१. भत्ता प्राप्त गर्ने शर्तहरुः-
> बाबुआमा दुवैको मृत्यू भएको,
> १८ वर्ष उमेर पूरा नभएको,
> ५ वर्ष उमेर पुरा भएको बालबालिकाको हकमा विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको,
> कुनै गैरकानूनी वा अपराधिक कार्यमा संलग्न नभएको,
२. आवश्यक कागजातहरुः-
> बालबालिकाको जन्मदर्ता प्रमाण-पत्रको प्रतिलिती (नागरिकता भए नागरिकताको प्रमाण पत्रको प्रतिलिपी)
> आमा र बाबु दुबैको मृत्यु दर्ता प्रमाण-पत्रको प्रतिलिपि
> विद्यालयमा भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र (५) वर्ष उमेर पुरा भएको बालबालिकाको हकमा)
> सम्बन्धित व्यक्ति बालबालिकाको संरक्षक हो भनी सम्बन्धित वडा कार्यालयको सिफारिस,
> संरक्षकको नागरिकता र बैंक खाता नम्बर ।
पुनश्चः अघिल्लो वर्षहरुमा सहयोग पाइरहेका बाबुआमा दुवैको मृत्यु भएका बालबालिकाले समेत पुनः यो सूचना बमोजिमको निवेदन पेश गर्नुपर्नेछ।

सूचना सूचना सूचना

प्रस्तुत विषयमा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट आ.व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अपाङ्गता भएको व्यक्तिहरुको लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रममा (CBR) बजेट प्राप्त भएको छ। यस बेनीघाट रोराङ गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्य गर्न गैरसरकारी संस्था छनौट गरी साझेदारीमा कार्यक्रम संचालन गर्नु पर्ने भएकोले तपसिल बमोजिमका कागजात सहित यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र इच्छुक गैर सरकारी संस्थाहरुले बेनीघाट रोराङ गाउँपालिकाको कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। सामाजिक विकास मन्त्रालयबाट प्राप्त निर्देशिका तथा कार्यविधि बमोजिम संस्था छनौट गर्ने अधिकार समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम समन्नव्य तथा अनुगमन समितिलाई हुनेछ। तपसिलः-
१. अपाङ्गता क्षेत्रमा काम गरेको अनुभव सम्बन्धि कागजात,
२. संस्थाको विधान, प्रशासनिक र आर्थिक नियमावलीको फोटोकपी,
३. संस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको र हरेक वर्ष नियमित नविकरण गरेको प्रमाणपत्र,
४. संस्थाको आफ्नो कार्यालय र आधिकारीक सम्पर्क नम्बर इमेल ठेगाना भएको कागजात,
५. संस्था समाज कल्याण परिषदमा आवद्ध र नियमित नविकरण भएको प्रमाणपत्र,
६. सम्बन्धित स्थानीय तहमा सूचीकृत भएको कागजात,
७. अपाङ्गता क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको कार्यविवरण तथा अनुभव सम्बन्धि कागजात,
८. आ.व २०८१/०८२ मा गरेको लेखापरिक्षण प्रतिवेदन,
९. संस्थाको भौतिक पूर्वाधार दर्शाउने कागजात।
पुनश्चः- अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम संचालन कार्यविधि २०८० बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको Website (www.mosd.bagmati.gov.np) मा Download ग हेर्न सकिनेछ।

रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना ।

करार दरखास्त फाराम नमुना ।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//