FAQs Complain Problems

सूचना तथा समाचार

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

३० औं जनयुद्ध दिवसको अवसरमा बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेकक) ज्यूद्वारा जारी शुभकामना संदेश

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारे सूचना ।

आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सम्बन्धमा ।

रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना

कार्यतालिका तय गरिएको सम्बन्धमा ।

ग्रामिण भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन कार्यतालिका सम्बन्धमा ।

सीप परीक्षणको आवेदन आव्हान सम्बन्धी सूचना !!

,

शैक्षिक उत्थान कोष व्यवस्थापन ऐन

रिक्त पदमा स्थायी शिक्षक सरुवासम्बन्धी सूचना

धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका अन्तरगत श्री पिपल भञ्ज्याङ माध्यमिक विद्यालय, बेनीघाट रोराङ गाउँपालिका वडा नं.-२, ताल्तीमा माध्यमिक तह, द्वितीय श्रेणी, गणित विषयमा कार्यरत स्थायी शिक्षक श्री नानीबाबु लोहनीको मिति २०८१।०९।१५ मा अनिवार्य अवकाश भई रिक्त हुने उक्त पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन भनी विद्यालयको चलानी नं.५४ मिति २०८१/०८/२४ को पत्रबाट अनुरोध भई आएकोले सम्बन्धित तह र विषयमा योग्यता पुगेका स्थायी शिक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिनभित्र शिक्षा नियमावली २०५९ (संशोधन सहित) को अनुसूची १७ बमोजिमको ढाँचामा सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइको सहमति सहित सम्बन्धित विद्यालयमा निवेदन दिन शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा ९ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
पुनश्चः
१. तोकिएको म्याद भित्र विद्यालयको इमेल ठेगाना pipalbhanjyang2013@gmail.com मार्फत् समेत निवेदन पेस गर्न सकिनेछ।
२. म्याद नाघी वा तोकिए बमोजिमको रित नपुगी प्राप्त हुन आएका निवेदन माथि कुनै कारवाही हुने छैन।

Pages

" समृद्ध, समावेशी र सुखी बेनीघाट रोराङको आधार कृषि, शिक्षा, स्वास्थ्य, उधोग, सुशासन र पूर्वाधार"

.

मुलुकी देवानी संहिता सम्बन्धी सन्देशमुलक सामग्री: https://bitly.ws/V5Gz

हाम्रो पात्रो

Poster for Website

सामाजिक संजालको लिंक

//